मुक्ति दिवस मनाइयो


(टेम्केदृष्टि संवाददाता)
काठमाडौं, मंसिर २४ । नेपालको प्रजातान्त्रिक क्रान्तिका एक नायक रामप्रसाद राईले २००७ को क्रान्ति शुरु गरी सर्वप्रथम भोजपुर कव्जा गरेको दिनको स्मृति स्वरुप मनाइँदै आएको मुक्ति दिवस आज काठमाडौंमा मनाइयो ।
रामप्रसाद राई स्मृति प्रतिष्ठानले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका पूर्व कार्यवाहक अध्यक्ष रामकुमार वान्तवा तथा प्रा डा गोविन्दमानसिंह कार्कीले रामप्रसाद राईबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
पूर्व परराष्ट्र मन्त्री तथा नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीको प्रमूख आतिथ्य तथा प्रतिष्ठानका अध्यक्ष कर्ण घलेको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व मन्त्री हेमराज राई, प्रतिष्ठानका अध्यक्ष घले तथा कार्यपत्र प्रस्तोता द्वयले रामप्रसाद राईको उचित मुल्यांकन र सम्मान हुनुपर्ने तथा राष्ट्रिय विभूति घोषणाका लागि अनुसन्धान गरी पहल गर्नुपर्ने बताउनु भयो । नेता ज्ञवालीले यसका लागि आफूले पनि प्रधानमन्त्रीसंग कुरा राख्ने र सरकारमार्फत छलफल चलाउने पनि बताउनु भयो ।
२००७ सालमा आजकै दिन रामप्रसाद राईद्वारा संगठित जनसेनाले सर्वप्रथम भोजपुर जिल्ला कव्जा गरी क्रान्तिको सुत्रपात गरेको थियो । त्यसपछि पूर्वका धेरै क्षेत्र उहाँको सेनाले कव्जा गरेको थियो । तर २००७ सालको क्रान्ति दिल्ली सम्झौताबाट टुंगिएपछि भने सोबाट असन्तुष्ट उहाँ चीनतर्फ जानेक्रममा वेपत्ता हुनुभएको थियो ।
————

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *